Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

रेणुसँग प्रतिस्पर्धा गर्न सांसद सुवेदीलाई छुट, अन्य सांसदलाई उम्मेदवार बन्न रोक

काठमाडौं । नेकपा एमालेले प्रदेशसभा सदस्यहरुलाई स्थानीय तहको उम्मेदवार नबनाउने निर्णय गरेको छ । बिहीबार बालकोटमा बसेको सचिवालय बैठकले सिफारिस भएर आएका प्रदेशसभा सदस्यहरुलाई उम्मेदवार नबनाउने निर्णय गरेको हो ।

यद्यपी चितवनको भरतपुरका लागि भने यो नियम लागू हुने छैन । गठबन्धनमा माओवादी केन्द्रको भागमा परेको र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पुत्री रेणु दाहाल मेयर रहेको भरतपुर महानगरपालिकामा भने एमालेले सांसदलाई नै उम्मेदवार बनाउने भएको छ । कुनै पनि हालतमा गठबन्धनकी उम्मेदवार रेणुलाई हराउन एमालेले सांसद विजय सुवेदीलाई टिकट दिने निर्णय गरेको छ ।

एमालेको यो निर्णयपछि पोखरा महानगरपालिकाको मेयरमा दावी गरेका कृष्ण थापा र राजीव पहारी उम्मेदवार बन्न नपाउने भएका छन् । महानगरको मेयरका लागि थापा र पहारीसहित १२ जनाको नाम सिफारिस भएको छ ।

पोखरासहित ६ महानगर र ११ उपमहानगरपालिकाको मेयरका लागि सिफारिस भएको नाम सचिवालय बैठकमा प्रस्तुत भएको छ । सिफारिस भएका नाम प्रस्तुत गर्ने क्रममै प्रदेशसभा सदस्यहरुलाई उम्मेदवार नबनाउने सहमति जुटेको एक नेताले बताए ।

यता, सुवेदीले भने महानगरको उम्मेदवार बन्ने भएपछि बिहीबार नै वागमती प्रदेशसभा सदस्यबाट राजीनामा दिएका छन् ।सुवेदीलाई मेयर बनाउन महानगर कमिटीको सर्वसम्मतले सिफारिस गरेको थियो ।

सरकार परिवर्तनको सम्भावनालाई ख्याल गर्दै नेकपा एमालेले गण्डकी र लुम्बिनीका प्रदेश सांसदहरुलाई स्थानीय तहको उम्मेदवार नबनाउने भएको हो। सचिवालय बैठकले ती प्रदेशका सांसदलाई स्थानीय तह निर्वाचनमा उम्मेदवार नबनाउने रणनीति बनाएको उपमहासचिव पृथ्वी सुब्बा गुरुङले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077