Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कांग्रेसले काठमाडौं महानगर मेयरका लागि पाँच जनाको नाम सिफारिस गर्यो

काठमाडौ । नेपाली कांग्रेसले काठमाडौं महानगरपालिकाको मेयरका लागि पाँच जनाको नाम सिफारिस गरेको छ ।

महानगर कार्यसमितिको बैठकले महानगरपालिकाको मेयरका लागि नगरसभापति नीलकाजी शाक्य र सचिव सुशन वैद्यसहित हरिप्रभा खड्गी, सिर्जना सिंह र प्रगतिमान रञ्जितको नाम सिफारिस गरेको हो ।

खड्की वर्तमान उपमेयर हुन् भने सिंह नेता प्रकाशमान सिंहकी पत्नी हुन् । रञ्जित कांग्रेसको महानगर सभापतिका प्रत्यासी हुन् ।

सत्ता गठबन्धनले काठमाडौंमा कांग्रेसका तर्फबाट मेयर र नेकपा एकीकृत समाजवादीबाट तर्फबाट उपमेयर पदमा उम्मेदवारी दिने सहमति गरिसकेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077