Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

ड्युटीमा रहेकी सैनिकद्वारा गाेली हानी आत्महत्या

कपिलवस्तु । कपिलवस्तुको शमशेरदल गणमा कार्यरत एक २४ वर्षीया सैनिकले आफैँलाई गाेली हानी आत्महत्या गरेकी छन् ।

सैनिक कोपिला राजवंशीले ड्युटीमा रहेको समयमा आफैले बोकेको एम १६ राइफलले आफ्नै छाती र पेटमा दुईवटा गोली हानेर आत्महत्या गरेकी हुन् ।

कपिलवस्तु जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी जेसी शाहका अनुसार भैरहवा मेडिकल कलेजमा उपचारका क्रममा उनको आज बिहान मृत्यु भएको हो।

शाहका अनुसार उपचारका लागि राति नै काठमाडौं लैजाने तयारी गरिए पनि हेलिकोप्टर नआएकाले भैरहवामै उनको उपचार गरिएको थियो । घटनाकाेबारेमा विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । झापाको गौरादह नगरपालिका–१ की २४ वर्षीया सैनिक जवान राजवंशी अविवाहित हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077