Online Nepal
  • शुक्रबार, २५ असोज २०८१
  • सिन्धुलीमा प्रहरी र स्थानीयबीच झडप, अश्रुग्याँस प्रहार

    सिन्धुलीमा प्रहरी र स्थानीयबीच झडप, अश्रुग्याँस प्रहार

    अनलाइन नेपाल
  • बुधबार, ७ बैशाख २०७९
  • 2K
    SHARES

    काठमाडौं । बीपी राजमार्गअन्तर्गत कमलामाई नगरपालिका २ पिपलभन्ज्याङमा झडप भएको छ ।

    अवरुद्ध बीपी राजमार्ग खुलाउन प्रहरीले बन्दकर्तालाई लखेट्न खोज्दा भएको दोहोरो झडपले बीपी राजमार्गअन्तर्गत कमलामाई नगरपालिका २ पिपलभन्ज्याङ तनावग्रस्त बनेको छ ।



    बन्दकर्ता स्थानीयले प्रहार गरेको ढुङ्गा र बोतलले लागेर ११ जना प्रहरी घाइते भएका छन् ।



    उनीहरूको सिन्धुली अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये ३ जनालाई गम्भीर चोट लागेको प्रहरीले जनाएको छ ।

    बोलेरोको ठक्करबाट गम्भीर घाइते भएका पैदलयात्री ३९ वर्षीय विजय मोक्तानको मृत्यु भएपछि स्थानीयले कारबाही र क्षतीपूर्तिको माग गर्दै आज बिहानबाट सडक अवरुद्ध गरेका छन् । दोहोरो झडप हुँदा रोकी राखेका केही सवारी साधनमा समेत क्षति पुगेको छ ।

    पिपलभन्ज्याङको सडकमा माथिबाट स्थानीय बन्दकर्ताले प्रहरीलाई लक्षित गरी ढुङ्गा र खाली बोतल र दाउरा प्रहार गरिरहेका छन् भने प्रहरीले तलबाट केही राउन्ड अश्रुग्याँस र हवाइ फायर गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार