Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

आज युवाहरूसँग अन्तरक्रिया गर्दै एमाले अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज युवाहरूसँग अन्तरक्रिया गर्ने भएका छन् ।

दिउँसो १२ बजे गोदावरीमा ओलीले पेशागत क्षेत्रका करिब १२ सय युवाहरूसँग देशको समसामयिक परिस्थितीको विषयमा अन्तक्रिया गर्न लागेका हुन् ।

समृद्ध नेपाल, सुखी नेपाली परिकल्पनाको सार्थकताका लागि युवाहरूसँग विशेष अन्तरक्रिया कार्यक्रम आयोजना हुन लागेको उनको सचिवालयले जनाएको छ।

एमाले अध्यक्ष ओलीले स्थानीय तहको निर्वाचनलाई केन्द्रीत गर्दै युवाहरूसँग छलफल गर्न लागेका हुन्। स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा एमालेले निर्वाचन लक्षित कार्यक्रमहरुलाई तीव्र बनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077