Jun 12 2026 | २०८३, जेठ २९ गते

12 Jun 2026 | शुक्रवार, जेठ २९ गते २०८३

शुक्रवार, जेठ २९ गते २०८३
images
images

महानगर-उपमहानगरको सिट बाँडफाँट आज टुङ्गो लाग्छः नेता पुन

कास्की । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले सत्ता गठबन्धनमा सिट बाँडफाँटको विषय आज टुङ्गो लाग्ने बताएका छन् ।

पार्टीको आइटी सेन्टरले आज आयोजना गरेको गण्डकी प्रदेशस्तरीय भर्चुअल प्रशिक्षण कार्यक्रममा उनले आगामी स्थानीय तह निर्वाचनमा ६ महानगर र ११ उपमहानगरको सिट बाँडफाँट केन्द्रबाटै मिलाइने बताए ।

दलहरूबीच आ–आफ्नो दाबी रहेकाले मिल्न समय लागे पनि सहमति जुट्ने उनको भनाइ छ ।

नेता पुनले गठबन्धनमा नगरपालिका र गाउँपालिकाको सिट बाँडफाँट पनि मिलाउने कोसिस भइरहेको जानकारी दिए । तर सहमति जुटन नसके गठबन्धनभित्रै पनि प्रतिस्पर्धा हुने उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077