Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

गठबन्धनको समस्या मिलाउन देउवाले कास्कीका नेतालाई काठमाडौं बोलाए

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तह निर्वाचनबारे छलफल गर्न गण्डकी प्रदेशका सभापति र कास्की सभापतिसहित नेताहरूलाई काठमाडौं बोलाएका छन् ।

सत्तारुढ पाँच दलीय गठबन्धनको चुनावी तालमेल पोखरा महानगरमा अड्किएपछि देउवाले कास्कीका कांग्रेस नेतालाई काठमाडौं बोलाएका हुन् ।

कास्कीमा गठबन्धनमा समस्या देखिएपछि कांग्रेसका गण्डकी प्रदेश सभापति शुक्रराज शर्मा, कास्की जिल्ला सभापति किशोरदत्त बराल र पूर्वमन्त्री यज्ञबहादुर थापासहितका नेता काठमाडौं आउँदैछन् ।

पोखरा महानगरपालिकाको मेयरमा नेकपा एकीकृत समाजवादीको पनि दाबी छ । कांग्रेस र समाजवादीले दाबी गरेपछि गठबन्धनबीचमा सहमति जुट्न सकेको छैन । प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ गठबन्धनको बैठक बिहान ११ बजेपछि बस्ने तयारी छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077