Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

रुसले गरेको हवाई आक्रमणमा थप ६ युक्रेनीको मृत्यु

एजेन्सी । रुसले गरेको हवाई आक्रमणमा परेर युक्रेनमा थप छ जनाको मृत्यु भएको छ ।

अधिकारीहरूले अरु आठ जना घाइते भएको पनि जानकारी दिएका छन् ।

देशको पश्चिमी क्षेत्रमा पर्ने एलभिभ सहरमा सोमबार आक्रमण भएको अधिकारीहरूले जनाएका छन् ।

क्षेत्रीय गभर्नरले दिएको जानकारी अनुसार यस आक्रमणलाई अस्वभाविक र अप्रत्याशित मानिएको छ ।

“अहिलेसम्म हामीले कम्तीमा छ जनाको मृत्यु भएको र अरु आठ जना घाइते भएको पुष्टि गर्न सक्छौँ,” उनले भने ।

घटनामा परेका मध्ये केही बालबालिका समेत रहेको पनि उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077