Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

मारिउपोलमा तैनाथ युक्रेनी सेनाद्धारा आत्मसमर्पण गर्न अस्वीकार

एजेन्सी । मारिउपोलमा तैनाथ युक्रेनी सेनाले रुसी पक्षसँग आत्मसमर्पण गर्न अस्वीकार गरेको छ । रुसले युक्रेनी सेनालाई आफ्नो जीवन रक्षा गर्न हतियार बिसाउन प्रस्ताव गरेको थियो ।

तर, युक्रेनी सेनाले रुसी मागलाई अस्वीकार गरेको हो । रुसी अल्टिमेटमको बाबजुद युक्रेनी फौजले सरहको प्रतिरक्षा जारी राख्ने मारिउपोलका अधिकारीहरूले बताएका छन् ।

युक्रेनको तटीय सहर मारिउपोललाई रुसी फौजले नियन्त्रणमा लिएका छन् । सहरको स्टिल कारखाना भएको ठाउँ मात्र नियन्त्रणमा लिन बाँकी रहेको रुसले जनाएको छ । यसैबीच, रुसले आफूले दिएको अल्टिमेटम अस्वीकृत भएपछि प्रतिरोध हटाउने धम्की दिएको छ ।

रुसी रक्षा मन्त्रालयले किभको राष्ट्रवादी शासनले आत्मसमर्पणको बारेमा वार्ता गर्न अस्वीकार गरेको पुष्टि भएको भन्दै प्रतिरोधी सैनिकहरूलाई ‘सखाप’ पार्ने धम्की दिएको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077