Online Nepal
  • शनिबार, १३ पुष २०८१
  • मारिपोलमा खटिएका युक्रेनी सैनिकलाई रुस भन्यो-‘ज्यान जोगाउने भए आत्मसमर्पण गर’

    मारिपोलमा खटिएका युक्रेनी सैनिकलाई रुस भन्यो-‘ज्यान जोगाउने भए आत्मसमर्पण गर’

    अनलाइन नेपाल
  • आइतबार, ४ बैशाख २०७९
  • 1.4K
    SHARES

    फाइल तस्विर

    एजेन्सी । रुसले मारिपोलमा खटिएका युक्रेनी सैनिकलाई आत्मसमर्पण गरे ‘जीवन दान’ दिने प्रस्ताव गरेको छ ।

    अहिले पनि रणनीतिक रुपमा महत्वपूर्ण रहेको तटीय शहर मारिपोलमा युद्धमा खटिरहेका युक्रेनी सैनिक र ‘विदेशी लडाकु’ लाई ज्यान जोगाउन मन भए आत्मसमर्पण गर्न रुसले आग्रह गरेको हो ।



    मारिपोल शहर लगभग आफ्नो कब्जामा आएको रुसले दाबी समेत गरेको छ । युक्रेनी सैनिकलाई आइतबार (मस्को समय) बिहान ६ देखि दिउँसो १ बजेभित्र हतियार बिसाउन रुसले अल्टिमेटम दिएको हो ।



    यो अवधिमा हतियार बिसाउनेलाई ‘जीवन दान’ दिने रुसको भनाइ छ । आत्मसमर्पण गर्नेहरुलाई जेनेभा कन्भेन्सन अनुसार युद्धका बन्दीलाई गरिने व्यवहार हुने रुसी रक्षा मन्त्रालयले बताएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार