Online Nepal
  • बुधबार, १० पुष २०८१
  • साउदी युवराज र रुसी राष्ट्रपति पुटिनबीच फोनवार्ता , विश्व तेल बजारको स्थिरता सुनिश्चित गर्न जोड

    साउदी युवराज र रुसी राष्ट्रपति पुटिनबीच फोनवार्ता , विश्व तेल बजारको स्थिरता सुनिश्चित गर्न जोड

    अनलाइन नेपाल
  • शनिबार, ३ बैशाख २०७९
  • 1.6K
    SHARES

    एजेन्सी। साउदी युवराज मोहम्मद बिन सलमान र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच शनिबार फोनवार्ता भएको छ ।

    रुसको विदेश मन्त्रालयले यसबारे जानकारी दिँदै वार्ताको प्रस्ताव साउदी अरेबियाबाटै आएको बताएको छ । दुई नेताबीच द्विपक्षीय सहयोगका साथै व्यापार र अर्थतन्त्रका विषयमा छलफल भएको छ ।



    नेताहरूले दुई देशबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्, विज्ञप्तिमा भनिएको छ।



    साउदी युवराज र रुसका राष्ट्रपतिबीच भएको वार्तामा विश्व तेल बजारको स्थिरता सुनिश्चित गर्न ओपेक प्लस ढाँचामा जोड दिइएको थियो। दुवै नेताले युक्रेनको पछिल्लो अवस्थालगायत अन्य अन्तर्राष्ट्रिय विषयमा पनि कुराकानी गरेका थिए ।

    उक्त कुराकानीमा भ्लादिमिर पुटिनले साउदी अरबका जनतालाई पवित्र महिना रमजानको शुभकामना दिएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार