Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

केन्द्रीय बैठकमा देउवाले भने-'गठबन्धनलाई मिलाएर लैजाने पहिलो जिम्मेवारी कांग्रेसको हो'

काठमाडौं । प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवाले गठबन्धनलाई मिलाएर लैजाने पहिलो जिम्मेवारी काँग्रेसको भएको बताएका छन् ।

शनिबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा देउवाले गठबन्धनलाई मिलाएर लैजाने सबै जिम्मेवार हुनुपर्ने बताएका हुन् ।

'काँग्रेसको नेतृत्वमा गठबन्धनको सरकार छ,' उनले भने,'चुनावी तालमेलका लागि काँग्रेसकै नेतृत्व संयन्त्र बनेको छ । त्यसैले हामी बढी जिम्मेवार हुनुपर्छ ।'

गठबन्धनबीच चुनावी तालमेल हुने निर्णय भइसकेको भन्दै कार्यान्वयन गरेर जाने कुरामा सबैले सहजीकरण गर्नुपर्ने देउवाले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077