Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

नेकपा एमालेले निर्वाचनका लागि तोक्यो उपत्यकाका लागि संयोजक

काठमाडौं । नेकपा एमालेले आसन्न स्थानीय तहको निर्वाचन परिचालनका लागि उपत्यकाका तीन जिल्लाका लागि संयोजक तोकेको छ। उपत्यका विशेष प्रदेश कमिटीको बैठकले काठमाडौंका लागि कमिटीका उपाध्यक्ष विदुर कार्की, ललितपुरमा उपसचिव चन्द्र रिजाल र भक्तपुरमा उपसचिव उर्मिला सुनुवारले संयोजन गर्ने निर्णय गरेको छ।

बैठकले विशेष प्रदेश मातहतका मजदुर विशेष जिल्ला कमिटी, पेसागत विशेष जिल्ला कमिटी, युवा विद्यार्थी विशेष जिल्ला कमिटी र उद्योग व्यवसाय विशेष जिल्ला कमिटी, इलाका र शाखालाई परिचालन गर्ने निर्णय गरेको छ।

उपत्यकामा रहेका विभिन्न पेसा व्यवसायमा आबद्ध व्यक्तिहरु यी जिल्ला कमिटी र अन्तर्गत कमिटीहरुमा सङ्गठित छन्। प्राध्यापक, कानुन व्यवसायी, चिकित्सक तथा स्वास्थ्यकर्मी, पत्रकार, विभिन्न निकाय तथा सङ्घसंस्थामा कार्यरत कर्मचारीहरु, हजारौंको सङ्ख्यामा मजदुर, विद्यार्थी, युवा यिनै विशेष कमिटीअन्तर्गत सङ्गठित छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077