Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

आफूले करिब २० हजार रुसी फौज मारिसकेको युक्रेनको दाबी

एजेन्सी । रुसले दोन्बासमा आफ्ना करिब २६ हजार सेनालाई युद्धका लागि परिचालन गर्न असफल भएको युक्रेनले दाबी गरेको छ ।

युक्रेनको रक्षा मन्त्रालयका अनुसार सो फौज 'तोपको शिकार' हुन सक्ने सम्भावित खतरालाई लिएर डराइरहेको छ । युक्रेनको आश्चर्यजनक कडा प्रतिवादमा रुसका थुप्रै उच्च पदस्थ सैनिक अधिकृतहरूले ज्यान गुमाइसकेका छन् ।

नयाँ भर्ती गरिएका फौज युद्धमा मारिएला भनेर निकै डराउने गरेकाले रुसले उनीहरूलाई परिचालन गर्न नसकिरहेको युक्रेनको रक्षा मन्त्रालयले शुक्रबारको प्रेस ब्रिफिङको क्रममा सैनिक गुप्तचरलाई हवाला दिँदै जानकारी दिएको हो ।

युक्रेनी रक्षा मन्त्रालयका प्रवक्ता कर्णेल ओलेक्सान्दर मोतुज्यानिकले भनेका छन्, “१८ देखि ६५ वर्ष उमेर समूहका रुसी सेनाहरूले युक्रेनी फौजको तोपको शिकार नहुनका लागि युद्धमा भाग नलिने हरसम्भव प्रयास गरिरहेका छन् ।'

युक्रेनी रक्षा मन्त्रालयले अहिलेसम्म आफूले करिब २० हजार रुसी फौज मारिसकेको दाबी गरेको छ । तर यो तथ्याङ्कको स्वतन्त्र रुपमा पुष्टि हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077