Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • काठमाडौंका सडकमा मागिहिँड्ने ५५ बालबालिकाको उद्धार

    काठमाडौंका सडकमा मागिहिँड्ने ५५ बालबालिकाको उद्धार

    अनलाइन नेपाल
  • शुक्रबार, २ बैशाख २०७९
  • 2K
    SHARES

    काठमाडौं । काठमाडौंका सडकमा मागिहिँड्ने ५५ जना बालबालिकाको उद्धार गरिएको छ ।

    महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, राष्ट्रिय बाल अधिकार परिषद बालबालिका खोजतलास केन्द्र र जिल्ला प्रहरी परिसर काठमाडौंको पहलमा शुक्रबार ५५ जना बालबालिकाको उद्धार गरिएको हो ।



    सडक पेटीमा बसेर सडक यात्रुहरूसँग सहयोगको अपेक्षा गरिरहेका ३३ बालक र २२ बालिकाको उद्धार गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले बताए ।



    ती बालबालिकालाई राष्ट्रिय बाल अधिकार परिषद बालबालिका खोजतलास समन्वय केन्द्र भृकुटीमण्डपमा बुझाइएको मैनालीले बताए । यसरी सडकमा बसेर माग्नेलाई प्रहरीले अब उठाउने भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार