Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

युक्रेन संकट ५० दिन पूरा : राष्ट्रपति जेलेन्स्कीले दिए युक्रेन बचाउनेलाई धन्यवाद

एजेन्सी । युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुससँगको युद्धको ५० दिन पूरा भएको अवसरमा राष्ट्रका नाममा सम्बोधन गर्दै युक्रेनलाई बचाउनेहरूलाई सम्मान गरेका छन् ।

जेलेन्स्कीले रुसले गरेको आक्रमणपछि मुलुकमा नेतृत्वको दाबी गर्ने मानिसहरुले भन्दा गैर–राजनीतिक व्यक्तिहरुले धेरै योगदान दिएको भन्दै प्रसंशा गरेका हुन् ।

रुसले युक्रेनमाथि आक्रमण गरेको ५० दिन पूरा भएसँगै दिएको सन्देशमा जेलेन्स्कीले विश्वका राजनेताहरु पनि केही शक्ति नभएको जस्तो देखिएको आरोप लगाए।

उनले यो बीचमा पश्चिमा मुलुकहरुसँग पनि धेरैपटक बैठक भएको उल्लेख गर्दै बैठकमा राजनेताहरुले आफू शक्तिहीन भएको जस्तो व्यवहार गरेको बताए।

उनले युक्रेनका बहादुर मनिसहरुले रुससँग ५० दिन डटेर युद्ध गरेको भन्दै प्रशंसा गरे। रुसले युक्रेनलाई बढीमा ५ दिनमात्र दिँदा पनि हार नखाईकन ५० दिनसम्म लड्नु ठूलो उपलब्धि भएको बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077