Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

कांग्रेसको केन्द्रीय निर्वाचन परिचालन समिति बैठक बस्दै, यी हुन् एजेन्डा

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन परिचालन समितिको बैठक आज बस्दै छ । दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बस्न लागेको हो ।

बैठकमा उमेदवार सिफारिस, छनोट तथा गठबन्धनको साझा उमेदवारलाई कसरी जिताउनेलगायत विषयमा छलफल हुने बताइएको छ ।

कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठकले पार्टीका सातजना सहमहामन्त्रीलाई प्रदेशमा पठाउने निर्णय यसअघि नै गरिसकेको छ ।

बैठकले नगरपालिका र गाउँपालिकाका उमेदवारको टुङ्गो लगाउन वैशाख ३ गते सहमहामन्त्रीहरूलाई सातवटै प्रदेशमा पठाउने निर्णय गरेको थियो । उनीहरूले प्रदेशमा उमेदवारको टुङ्गो लगाउने प्रयास गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077