Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

काठमाडौं महानगरको मेयरमा एमालेबाट विद्यासुन्दर शाक्यसहित ५ जनाको नाम सिफारिस

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरका लागि नेकपा एमालेबाट पाँचजनाको नाम सिफारिस गरिएको छ ।

बिहीबार बसेको महानगर कमिटीको बैठकले मेयरमा पाँचजनाको नाम जिल्ला कमिटीमा सिफारिस गरेको हो ।

सिफारिस हुनेहरुमा विद्यासुन्दर शाक्य, रामवीर मानन्धर, केशव स्थापित, निर्मल देउला र इन्दिरा पन्त छन् ।

मेयर सिफारिसमा परेका विद्यासुन्दर शाक्य अहिले पनि मेयर छन् । त्यसैगरी उपमेयरका लागि पनि एमालेले पाँच जनाको नाम सिफारिस गरेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077