एजेन्सी । फिलिपिन्समा समुद्री आँधीपछि आएको बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या १२३ पुगेको छ ।
बाढीपहिरोले धेरै घरहरू पुरिएकाले मृत्यु हुनेको संख्या अझ बढ्न सक्ने बताइएको छ । मेगी नामको समुद्री आँधीपछि लेटेलगायतका प्रान्तमा भारी वर्षा भएको थियो ।
सन् २०१३ मा सुपर टाइफुन ‘हैयान’ले असर गरेकै क्षेत्रमा यस पटक पनि प्रभावित तुल्याएको हो ।
पछिल्लो समय मानवीय गतिविधिका कारण तापमान बढ्दै गएको र समुद्री आँधीको स्वरूपमा पनि परिवर्तन देखिएको वैज्ञानिकहरूले जनाएका छन् ।
Leave a Reply