Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रसायनिक कारखानामा आगलागी हुँदा ६ जनाको मृत्यु

काठमाडौं । आन्ध्र प्रदेशमा ईलुरु जिल्लाको अक्किरेड्डीगुडेममा एक रसायनिक कारखानामा आगलागी भएको छ ।

आगलागीमा परी ६ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । ईलुरुका प्रहरी अधिकारी देव शर्माले घाइतेको उपचार विजयवाडामा एक सरकारी अस्पतालमा भर्ना गरिएको छ ।

उनले बुधबार राति पोलिमर पावर बनाउने संयन्त्रको रियाक्टरमा आगलागी भएको बताए । नाइट्रिक एसिड, मोनोमेथिल चुहावट भएपछि आगालागी भएको र थुप्रै कामदार त्यसमा फसेका थिए ।

समाचार एजेन्सी पीटीआईका अनुसार सरकारी अस्पतालका डाक्टरले घाइतेमध्ये चारजनाको अवस्था निकै गम्भीर रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077