Online Nepal
  • शनिबार, १३ पुष २०८१
  • रुसविरुद्ध लड्न युक्रेनलाई ७५ करोड डलर बराबरको हतियार दिँदै अमेरिका

    रुसविरुद्ध लड्न युक्रेनलाई ७५ करोड डलर बराबरको हतियार दिँदै अमेरिका

    अनलाइन नेपाल
  • बुधबार, ३० चैत्र २०७८
  • 1.5K
    SHARES

    फाइल तस्विर

    एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनेको प्रशासनले बुधबार युक्रेनलाई रुसविरुद्ध लड्न करिब ७५ करोड डलर बराबरको सैन्य हतियार सहयोग गर्ने भएको छ ।

    ती उपकरणहरूलाई (प्रेसिडेन्सियल ड्रनडाउन अथोरिटी) पीडीए कोषमार्फत आर्थिक भर्पाइ गरिने छ । जसमा राष्ट्रपतिले अमेरिकासँग स्टकमा भएका हतियार र सेवाहरू आपतकालीन अवस्थामा संसद्को स्वीकृतिविना नै प्रदान गर्न सक्छन् ।



    यसमा कुन कुन हतियार मिसाउने भन्नेबारे अन्तिम चरणको निर्णय भएको एक वरिष्ठ अधिकारीहरूले जानकारी दिएका छन् ।



    यसमा सम्भावित ‘हेभी ग्राउन्ड आर्टिलरी’ हुने बताइएको छ जसमा ‘होविट्जर’ पनि रहेको छ । होविट्जर एउटा लामो रेन्जको सानो र द्रुत गतिमा काम गर्ने हतियार हो, जसले सजिलै टार्गेटलाई ध्वस्त पारिदिन सक्छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार