Online Nepal
  • बुधबार, १० पुष २०८१
  • रुसलाई कसैले एक्लो पार्न र रोक्न सक्दैन : राष्ट्रपति पुटिन

    रुसलाई कसैले एक्लो पार्न र रोक्न सक्दैन : राष्ट्रपति पुटिन

    अनलाइन नेपाल
  • मंगलबार, २९ चैत्र २०७८
  • 1.5K
    SHARES

    फाइल तस्विर

    एजेन्सी । रुसी राष्ट्रपति भ्लादमिर पुटिनले रुसलाई एक्लो पार्ने सबै प्रयास असफल हुने बताएका छन् । मंगलबारको सम्बोधनमा पश्चिमा राष्ट्रहरूलाई चेतावनी दिँदै उनले अब कहिल्यै पनि पश्चिममाथि निर्भर नरहने स्पष्ट पारे ।

    उनले यसमा सोभियत अन्तरिक्ष कार्यक्रमको उदाहरण दिँदै रुस आफैँले कठिन परिस्थितिमा रहँदासमेत उल्लेखनीय उपलब्धि हासिल गरेको बताएका हुन् ।



    युक्रेन युद्धका कारण रुसमाथि अमेरिका र युरोपले लगाएका प्रतिबन्धपछि रुसले अब कहिल्यै पनि पश्चिममाथि निर्भर नरहने स्पष्ट पारेको छ ।



    ‘त्यसबेला पनि सबैतिरबाट प्रतिबन्ध लगाइएको थियो, पूर्ण रूपमा एक्लो पारिएको थियो तर सोभियत युनियनले अन्तरिक्ष मिसनमा पहिलो सफलता हासिल गरेर देखायो । यसमा हामी आफैँ एक्लो हुन चाहेका होइनौँ । वास्तवमा अहिलेको आधुनिक दुनियाँमा पूर्ण रूपमा कसैलाई एक्लो पार्न असम्भव छ । विशेषगरी रुस जस्तो विशाल मुलुकलाई,’ पुटिनले भने ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार