Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

कांग्रेसको घरघर जाऔं, कांग्रेस जिताऔं अभियान सम्पन्न

काठमाडौं । नेपाली कांग्रेसले घरघर जाऔं, कांग्रेस जिताऔं अभियान सम्पन्न भएको छ ।

मंगलबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै कांग्रेसले अभियान सम्पन्न भएको जनाएको हो ।

सरकारले गरेका काम र विपक्षीले गरेका भ्रष्टाचारको बारेमा पुस्तिका नै बनाएर वितरण गरिएको कांग्रेस प्रवक्ता डा प्रकाशशशरण महत्तले जानकारी दिए ।

अभियानका क्रममा ओली सरकारका पालामा भएका बेथिति र भ्रष्टाचारदेखि एमसीसीका बारेमा पनि जनमानसमा रहेका भ्रमहरू चिर्ने काम भएको उनले बताए ।

उनले स्थानीय तहको निर्वाचनमा आवश्यकता र औचित्यका आधारमा तालमेल हुने निर्णय भइसकेको भन्दै टिकट वितरणमा केही समय लागेको बताए ।

स्थानीय परिस्थिति र आवश्यकताअनुसार गठबन्धनमा रहेका दलहरूसँग तालमेल गर्ने कुरा भएकाले यस विषयमा निर्णय गर्न विभिन्न तहको संरचनालाई विधानले अधिकार दिएको र सोही अनुसार आवश्यक निर्णय हुने उनले बताए ।

प्रवक्ता महत्तले अभियानका क्रममा हजारौं टोल समिति गठन भएको जानकारी दिए । कांग्रेसले फागुन २९ बाट एक महिने अभियान संचालन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077