काठमाडौँ । श्रीलंकाको अर्थ मन्त्रालयले विदेशी ऋण नतिर्ने घोषणा गरेको छ ।
मंगलबार एक विज्ञप्ति जारी गर्दै अर्थ मन्त्रालयले अन्तरिक अवधिका लागि सबै ऋणहरूको सेवा निलम्बन गर्ने जनाएको हो ।
देशको वित्तीय अवस्था थप खस्कन नदिन तथा ऋण पुनर्संरचनामा सबै ऋणीलाई समतामुलक व्यवहार निश्चित गर्न सरकारले आपतकालीन उपाय अपनाइरहेको बताएको छ ।
श्रीलंकाको आर्थिक अवस्था हाल विदेशी ऋणसहित गम्भीर संकटमा फसेको विज्ञहरूले बताउँदै आएका छन् ।
यसैबीच श्रीलंकाले चीनसँग पनि थप ऋण सहायता माग गरेको छ । मंगलबार भने विज्ञप्ति जारी गर्दै विदेशी ऋण तिर्न नसक्ने जनाएको हो ।
अर्थ मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार बाह्य ऋण तिर्ने दायित्वबाट श्रीलंका स्वतन्त्र रहेको बताइएको छ ।