Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • पेट्रोलियम इन्धनको खर्च कटौती गर्ने प्रस्ताव मन्त्रिपरिषदमा

    पेट्रोलियम इन्धनको खर्च कटौती गर्ने प्रस्ताव मन्त्रिपरिषदमा

    अनलाइन नेपाल
  • सोमबार, २८ चैत्र २०७८
  • 1.2K
    SHARES

    काठमाडौं । सरकारी प्रयोजनमा हुने पेट्रोलियम इन्धनको खर्च कटौती गर्ने प्रस्ताव मन्त्रिपरिषदमा पुगेको बताइएको छ ।

    अर्थ मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै अर्थमन्त्री जनार्दन शर्माले अर्थतन्त्रको संकट टार्न सार्वजनिक विदाको दिन सरकारी सवारी प्रयोग नगर्ने गरी प्रस्ताव गरेको बताए ।



    महँगा सवारीको आयात रोक्न पनि प्रस्ताव गरिएको भन्दै सर्वसधारणलाई पनि यस्ता इन्धनको प्रयोग घटाउन प्रोत्साहित गर्ने उनले बताए ।



    उनले भारतीय बजारमा पेट्रोलियम पदार्थको तस्करी रोक्ने र वैदेशिक लगानी ल्याउन हेजिङ लगायतका दीर्घकालीन निर्णय गर्ने पनि उनले बताए ।

    उनले आयात नियन्त्रणका लागि पनि कदमहरु चालिएको र आवश्यक्ताअनुसार थप चालिने बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार