Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • एनआईसी एशिया बैंकका सीइओ रोशन कुमार न्यौपाने ‘म्यानेजर अफ दी इयर अवार्ड २०२२’ बाट सम्मानित

    एनआईसी एशिया बैंकका सीइओ रोशन कुमार न्यौपाने ‘म्यानेजर अफ दी इयर अवार्ड २०२२’ बाट सम्मानित

    अनलाइन नेपाल
  • आइतबार, २७ चैत्र २०७८
  • 1.7K
    SHARES

    काठमाडौं । एनआईशी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) रोशनकुमार न्यौपाने म्यानेजर अफ दी इयर २०२२ बाट सम्मानित भएका छन् । व्यवस्थापनकर्मीहरूको सम्मानित एवम् सर्वोच्च संस्था म्यानेजमेन्ट एसोसिएसन अफ नेपाल (म्यान) ले आफ्नो साधारणसभाका अवसरमा शनिबार न्यापानेलाई उक्त सम्मानबाट सम्मानित गरेको हो ।

    म्यानले नेपालको व्यवस्थापन क्षेत्रमा पुर्याउनु भएको योगदान र अनुकरणीय नेतृत्व कुशलताको कदर गर्दै एनआईसी एशिया बैंकका सीइओ न्यौपानेलाई म्यानेजर अफ दी इयरबाट सम्मानित गरेको जनाएको छ ।



    शनिबाुर राजधानीको याक एन्ड यति होटलमा नेपाल व्यवस्थापन संघले आयोजना गरेको समारोहमा न्यौपानेलाई उक्त पुरस्कार प्रदान गरिएको हो । पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै म्यानेजर अफ दी इयर २०२२ बाट सम्मानित न्यौपानेले उक्त पुरस्कार सम्पूर्ण ँभिियध ल्क्ष्ऋ ब्क्क्ष्ब्ल्क लाई समर्पण गर्दै उक्त पुरस्कारबाट सम्मानित गर्नु भएकोमा व्यवस्थापन संघ, पुरस्कार छनौट समिति तथा व्यवस्थापन संघका पदााधिकारीज्यूहरू प्रति कृतज्ञता जाहेर गरेका थिए । उनले यो सम्मानले आफूलाई थप हौसला प्रदान गरेको समेत बताए ।



    कार्यक्रममा उनले भने–‘म्यानेजर अफ द इयर अवार्डबाट सम्मानित हुन पाउँदा म असाध्यै हर्षित महसुस गर्छु। यो अभूतपूर्व सम्मान पाउनु मेरो लागि साँच्चै नै ठूलो सौभाग्यको कुरा हो । मेरो हौसला, मनोबल र आत्मविश्वासलाई बलियो बनाउनुका साथै अविश्वसनीय अवसर तथा चुनौतीपूर्ण चुनौतीहरूको सामना गर्नु भएकोमा मेरो परिवार, सहकर्मीहरू र एनआईसी एशिया बैंकका प्रत्येक एकल सरोकारवालाहरूप्रति म कृतज्ञ छु।’

    न्यौपानेको पाँच वर्षको नेतृत्व अवधिमा एनआईसी एशिया बैंकको कुल कर्जा करिब रू. ७३ अर्बबाट करिब ४ गुणाले वृद्धि भई रू. २७४ अर्ब पुगेको छ भने निक्षेप संकलन तर्फ रू. ८६ अर्बबाट करिब ४ गुणाले वृद्धि भई रू. ३०० अर्ब पुगेको छ । साथै बैंकको प्रतिशेयर आम्दानी तर्फ करिब २ गुणाले वृद्धि भई रू.४१.४३ पुगेको छ ।

    बैंकले वहाँको नेतृत्वमा २०७८ पौष मसान्त सम्ममा देहाय बमोजिमको उत्साहजनक नतिजाहरू हासिल गरी समग्र बैंकिङ्ग क्षेत्रमा नै बैंक सर्वोत्कृष्ट बन्न सफल भएको छ ।

    नेपालको वित्तीय इतिहासमा हासिल भएका उपलब्धीहरूमध्ये उपरोक्त उपलब्धीहरू ऐतिहासिक हुन् । उल्लेखित परिसूचकहरूमा बैंकलाई सर्वोत्कृष्ट स्थानमा पुर्याउनुका साथै नेतृत्व सम्हालेको छोटो समयमै देशभर करिब ३६ लाखभन्दा बढी ग्राहक महानुभावहरूसँग शाखा सञ्जालका साथै आधुनिक डिजिटल च्यानलहरू मार्फत सहज, सबल, गतिशील, विश्वसनीय एवं उत्तरदायी बैंकिङ्गको नाता स्थापित गर्न र विभिन्न प्रमुख वित्तीय तथा गैरवित्तीय सूचकांकहरूमा देशको सर्वोत्कृष्ट बैंकको रुपमा स्थापित गराउन वनको नेतृत्वमा बैंक सफल भएको छ ।

    साथै, समस्त ग्राहक, शेयरधनी एवं समस्त सरोकारवालाहरूको साथ, सहयोग र हौसलाले बैंकलाई कर्जा, निक्षेप, शाखा सञ्जाल, स्व–पूँजीमा प्रतिफल लगायत अधिकांश वित्तीय तथा गैरवित्तीय सूचकांकहरूमा सर्वोत्कृष्ट स्थानमा कायम राख्न समेत नेतृत्वदायी भूमिका निर्वाह गरेका सीइओलाई प्राप्त यस सम्मानले बैंक परिवारलाई गौरवान्वित बनाएको बैंकद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

    सीइओ न्यौपाने राष्ट्रपतिबाट ‘प्रबल जनसेवा श्री (चतुर्थ)’, कर्पोरेट सीइओ अफ दि इयर २०७८ र ग्लोबल बिजनेश आउटलुक लण्डनबाट बैंकिंक सीइओ अफ दि इयर नेपाल २०२१ बाट समेत सम्मानित भइसकेका छन् ।

    बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा यो बैंक मुलुकभर रहेका ३५८ शाखा कार्यालयहरू, ४७३ एटिएम, १०१ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन पुगेको छ ।

    देशको कुल जनसंख्यामध्ये २० वर्षदेखि ५० वर्ष उमेर समूहसम्मको आर्थिकरूपमा सक्रिय जनसंख्याको करिब २५ प्रतिशत जनतालाई यस बैंकमार्फत् सेवा दिन बैंक सफल भएको छ । उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आएको यस बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा करिब रू. ३ अर्ब १६ करोडभन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ । जुन मुलुकको वाणिज्य बैंकहरूमध्ये दोस्रो धेरै एवं समग्र देशको अन्य कम्पनीहरूको तुलनामा छैठौं ठूलो योगदान रहेको छ ।

    वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ । देशको कुल जनसंख्याको ८० प्रतिशतभन्दा बढी बसोबास गर्ने ग्रामीण तथा साना सहरी क्षेत्रमा बैंकले आफ्ना ७२ प्रतिशत शाखा कार्यालयहरू स्थापना गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार