Online Nepal
  • शनिबार, १७ कार्तिक २०८१
  • कांग्रेसद्वारा भरतपुरमा मेयरका आकांक्षी मनोनयन दर्ता गर्ने तयारी

    कांग्रेसद्वारा भरतपुरमा मेयरका आकांक्षी मनोनयन दर्ता गर्ने तयारी

    अनलाइन नेपाल
  • आइतबार, २७ चैत्र २०७८
  • 1.3K
    SHARES

    चितवन । नेपाली कांग्रेसले भरतपुर महानगरपालिकाको मेयरका आकांक्षी मनोनयन दर्ता गर्ने तयारी गरेको छ ।

    भरतपुर महानगरको मेयर कांग्रेसले पाउनुपर्ने माग गर्दै जिल्ला तथा केन्द्रीय नेताहरुले माग गर्दै आइरहेका छन् ।



    उनीहरू पार्टीका शीर्ष नेतालाई भेट्न काठमाडौंमा आएकै बेला कांग्रेसबाट मेयरमा आकांक्षीहरुले मनोनयन दर्ता गर्न लागेका हुन् ।



    महानगरपालिकाको मेयरमा कांग्रेस केन्द्रीय सदस्य दिनेश कोइराला, टेकप्रसाद गुरूङ, सूर्यकान्त घिमिरे, उत्तम जोशी, शंकर कँडेल लगायतले आकांक्षा देखाएका छन् ।

    कांग्रेस भरतपुर महानगर कमिटीले जिल्ला पार्टी कार्यालय कमलनगर नारायणगढमा मेयर तथा उपमेयरका आकांक्षीहरुलाई आइतबार र सोमबार मनोनयन दर्ता गर्न समय तोकेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार