Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राम नवमीको अवसरमा भोली सार्वजनिक बिदा

काठमाडौं । सरकारले राम नवमीको अवसरमा भोली (आईतबार) सार्वजनिक बिदा दिएको छ । बिहीबार बसेको मन्त्रिपरिषद्‍को बैठकले भोली सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

मन्त्रिपरिषद्को निर्णय अनुसार शनिबार गृह मन्त्रालयले विज्ञप्ति जारी गर्दै सार्वजनिक बिदाको घोषणा गरेको हो ।

मन्त्रालयंद्वारा जारी विज्ञप्तिमा भनिएको छ–‘वि स २०७८ साल चैत २७ गते आइतबार रामनवमीको अवसरमा नेपाल राज्यभरका सबै सरकारी कार्यालय, सार्वजनिक निकायमा सार्वजनिक बिदा दिने नेपाल सरकार मन्त्रिपरिषद्‍बाट मिति २०७८ साल चैत २४ मा निर्णय भएको हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।’

त्रेतायुगमा यही मितिमा पृथ्वीमा रामको अवतरण भएको जनविश्वासमा हिन्दु परम्परा अनुसार हरेक वर्ष चैत्र शुक्ल नवमी तिथिमा रामनवमी मनाउने गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077