Online Nepal
  • मंगलबार, ९ पुष २०८१
  • युक्रेनसँगको युद्धमा आफ्नो सुरक्षा फौजतर्फ ठूलो क्षति भएको रुसको स्वीकार

    युक्रेनसँगको युद्धमा आफ्नो सुरक्षा फौजतर्फ ठूलो क्षति भएको रुसको स्वीकार

    अनलाइन नेपाल
  • शनिबार, २६ चैत्र २०७८
  • 2.4K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । युक्रेनसँगको युद्धमा आफ्नो सुरक्षा फौजतर्फ ठूलो क्षति भएको रुसले स्वीकार गरेको छ ।

    क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले युद्धका क्रममा रुसी सेनातर्फ भएको क्षति निकै दुःखदायी भएको बताए । गएको फेब्रुअरी २४ मा रुसले युक्रेनमाथि आक्रमण सुरु गरेको थियो । आज ४५औँ दिन पुगिसकेको छ ।



    गएको मार्च २५ मा रुसको रक्षा मन्त्रालयले युद्धमा आफ्ना एक हजार तीन सय ५१ जना सैनिक मारिएको बताएको थियो । तर युक्रेनले झन्डै १९ हजार रुसी सैनिक मारिएको दाबी गर्दै आएको छ। रुस र युक्रेनमा युद्धमा ज्यान गुमाएका सेनाको यकिन तथ्याङ्क भने सार्वजनिक हुन सकेको छैन ।



    रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका प्रवक्ता पेस्कोभले बेलायती टेलिभिजन च्यानल स्काइ न्युजसँगको कुराकानीमा युद्धको लक्ष्य प्राप्त हुने दाबी समेत गरे । संयुक्त राष्ट्र सङ्घको मानव अधिकार परिषदबाट रुसलाई निष्कासन गरेपछि पेस्कोभको यो प्रतिक्रिया आएको हो ।

    परिषद्ले युक्रेनको मानव अधिकार तथा मानवीय सङ्कटप्रति चासो व्यक्त गरेको छ । युक्रेनको बुचामा भएको घटनामा रुसी सेना जिम्मेवार रहेको आरोपलाई पेस्कोभले अस्वीकार गरे । साथै उनले वार्ताबाट युद्ध अन्त्यका उपायको खोजी भइरहेको समेत बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार