Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • वाग्मतीमा वैशाख १ देखि लागू हुने गरी ट्याक्सीको भाडा बढ्यो, अब चढ्नबित्तिकै २० रुपैयाँ !

    वाग्मतीमा वैशाख १ देखि लागू हुने गरी ट्याक्सीको भाडा बढ्यो, अब चढ्नबित्तिकै २० रुपैयाँ !

    अनलाइन नेपाल
  • शुक्रबार, २५ चैत्र २०७८
  • 1.3K
    SHARES

    काठमाडौं । वाग्मती सरकारले प्रदेशभित्र चल्ने छोटो दुरीका सार्वजनिक सवारीसाधनको भाडा बढाएको छ ।

    पेट्रोलियम पदार्थको मूल्यवृद्धिसँगै यातायात व्यवसायीको दबाबमा श्रम रोजगार तथा यातायात मन्त्रालयले दुई रुपैयाँले भाडा बढाएको हो ।



    वैशाख १ देखि लागू हुनेगरी मन्त्रीस्तरीय निर्णयबाट भाडा बढाइएको मन्त्रालयले जनाएको छ । काठमाडौँ उपत्यकामा पाँच किलोमिटरसम्मको दूरीका लागि २ रुपैयाँ बढेको छ भने २० किलोमिटरभन्दा धेरैका लागि ३ रुपैयाँ बढेको छ ।



    नयाँ भाडाअनुसार पाँच किलोमिटरमा २० रुपैयाँ हुनेछ भने २० किलोमिटरभन्दा धेरैको दूरीमा ३८ रुपैयाँ भाडा पुगेको छ । डाउन फ्लग ५० रुपैयाँ कायम गरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार