Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

वाग्मतीमा वैशाख १ देखि लागू हुने गरी ट्याक्सीको भाडा बढ्यो, अब चढ्नबित्तिकै २० रुपैयाँ !

काठमाडौं । वाग्मती सरकारले प्रदेशभित्र चल्ने छोटो दुरीका सार्वजनिक सवारीसाधनको भाडा बढाएको छ ।

पेट्रोलियम पदार्थको मूल्यवृद्धिसँगै यातायात व्यवसायीको दबाबमा श्रम रोजगार तथा यातायात मन्त्रालयले दुई रुपैयाँले भाडा बढाएको हो ।

वैशाख १ देखि लागू हुनेगरी मन्त्रीस्तरीय निर्णयबाट भाडा बढाइएको मन्त्रालयले जनाएको छ । काठमाडौँ उपत्यकामा पाँच किलोमिटरसम्मको दूरीका लागि २ रुपैयाँ बढेको छ भने २० किलोमिटरभन्दा धेरैका लागि ३ रुपैयाँ बढेको छ ।

नयाँ भाडाअनुसार पाँच किलोमिटरमा २० रुपैयाँ हुनेछ भने २० किलोमिटरभन्दा धेरैको दूरीमा ३८ रुपैयाँ भाडा पुगेको छ । डाउन फ्लग ५० रुपैयाँ कायम गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077