Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रचण्डका भाइ नारायण दाहाल राष्ट्रिय सभा सदस्य मनोनित

काठमाडौं । सरकारको सिफारिसमा नारायणप्रसाद दाहाल राष्ट्रिय सभा सदस्यमा मनोनित भएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार चितवनका दाहाललाई राष्ट्रिय सभा सदस्य मनोनित गरेकी हुन् ।

संविधानको धारा ८६ को उपधारा (२) को खण्ड (ख) बमोजिम उनलाई राष्ट्रपतिले मनोनित गरेको बताइएको छ ।

उनी नेकपा माओवादी केन्द्रको तर्फबाट राष्ट्रिय सभा सदस्य भएका हुन् । उनी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका भाइ नाता पर्ने व्यक्ति हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077