Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

कांग्रेस सुदूरपश्चिम सरकारमा सहभागी, दुई मन्त्री र एक राज्यमन्त्री !

कैलाली । सुदूरपश्चिम प्रदेश सरकारमा नेपाली काँग्रेस सहभागी हुने भएको छ ।

नेपाली काँग्रेस संसदीय दलका नेता डा. रण बहादुर रावलको नेतृत्वमा काँग्रेस सरकारमा जान लागेको हो ।

स्रोतका अनुसार रणबहादुर रावललाई आन्तरिक मामिला तथा कानुन मन्त्रीको जिम्मेवारी दिइन लागेको छ । यस्तै गोविन्द बोहरालाई सामाजिक विकास मन्त्रालयको र टेकबहादुर रैकालाई सामाजिक विकास राज्य मन्त्रीको जिम्मेवारी दिइन लागेको जनाएको छ ।

अहिले प्रदेशमा माओवादी केन्द्रका त्रिलोचन भट्ट मुख्यमन्त्री छन् । प्रदेशसभामा समाजवादीको १४, माओवादीको १३, कांग्रेसको १२ र एमाले १० का दश जना सांसदन छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077