Online Nepal
  • शनिबार, २७ पुष २०८१
  • विदेशमा विद्यार्थी पठाएर पैसा खानेको समुह छ : केपी ओली

    विदेशमा विद्यार्थी पठाएर पैसा खानेको समुह छ : केपी ओली

    अनलाइन नेपाल
  • शुक्रबार, २५ चैत्र २०७८
  • 1.1K
    SHARES

    फाइल तस्विर

    काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शिक्षा र स्वास्थ्य क्षेत्रमा व्यापार भइरहेको बताएका छन् ।

    एमाले निकट राष्ट्रिय स्वास्थ्यकर्मी महासंघको अधिवेशनलाई सम्बोधन गर्दै नेपालमा कलेज संचालन गर्न नदिएर विद्यार्थीलाई विदेश पठाएर पैसा कमाउने धन्दा चलिरहेको बताएका हुन् ।



    उनले भने, ‘नेपालमा स्वास्थ्य तथा इन्जिनियर पढाउनका लागि कलेजका भवन भनाएका छन् । तर ती कलेजलाई अनुमति दिएको छैन । नेपालमा स्वास्थ्यको विश्वविद्यालय हुनुपर्छ, नेपालमा मेडिकल कलेज खोल्नु पर्ने हो । तर त्यसलाई रोक्न लागेका छन् । विदेशमा विद्यार्थी पठाएर पैसा खानेको समुह छ । विद्यार्थीलाई बाहिर पठाउने व्यापार बढेको छ । स्वास्थ्य तथा इन्जिनियरको लागि भवन बनेका छन् । तर स्वीकृत दिएको छैन ।’



    अध्यक्ष ओलीले डा गोविन्द केसीलाई लक्षित गर्दै एक जनाले सुत्दम भन्दा सरकार डरले थरथर हुने गरेको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार