Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अर्घाखाँचीमा तीर्थयात्री बोकेको बस दुर्घटना

काठमाडौं । अर्घाखाँचीको सन्धिखर्कमा तीर्थयात्री बोकेको बस दुर्घटना भएको छ।

सन्धिखर्कस्थित बेलबाटिका नजिकै ग २ ख ६८० नम्बरको बस दुर्घटना भएको अर्घाखाँचीका प्रहरी प्रमुख तथा डीएसपी अम्बर थापाले जानकारी दिए ।

स्वर्गद्वारी दर्शन गरेर सुपा देउराली जाँदै गरेको उक्त बस भित्तामा ठोक्किएर दुर्घटना भएको डीएसपी थापाले बताए। बसमा ३० जना तीर्थयात्री सवार थिए।

उनीहरुमध्ये केही सामान्य घाइते भएको डीएसपी थापाको भनाइ छ। घाइते सबैको अवस्था सामान्य रहेको र उपचारका लागि स्थानीय अस्पतालमा पठाइएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077