Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नेपाल बार एशोसिएशनको अध्यक्षमा घिमिरेको अग्रता कायमै

काठमाडौं । नेपाल बार एशोसिएशनको निर्वाचनमा अध्यक्षका उम्मेदवार गोपालकृष्ण घिमिरेको अग्रता कायमै छ।

२६ औँ केन्द्रीय कार्यसमितिको निर्वाचनमा बृहत लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेशागत कानुन व्यवसायी समूहबाट उनी अध्यक्षका उम्मेदवार छन्।

हालसम्म छ हजार मतगणना हुँदा अध्यक्षमा घिमिरेले तीन हजार ७२८ मत प्राप्त गरेका छन्।

उनका प्रतिस्पर्धी प्रगतिशील तथा पेशागत कानुन व्यवसायी समूहका अध्यक्ष विष्णुमणि अधिकारीले एक हजार ९७७ मत प्राप्त गरेका छन्।

नेपाल बार एशोसिएशनका अनुसार अब काठमाडौँ केन्द्रको अब एक हजार ३०० मतगणना गर्न बाँकी छ।

शुक्रबार दिउँसो नै सम्पूर्ण काम सक्ने तयारी छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077