Online Nepal
  • शुक्रबार, ४ असोज २०८१
  • गोकुल बाँस्कोटाका विश्वासपात्रलाई देउवा सरकारले टेलिकमको प्रबन्ध निर्देशक बनायो

    गोकुल बाँस्कोटाका विश्वासपात्रलाई देउवा सरकारले टेलिकमको प्रबन्ध निर्देशक बनायो

    अनलाइन नेपाल
  • बिहिबार, २४ चैत्र २०७८
  • 1.7K
    SHARES

    काठमाडौं । नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा राष्ट्रिय सूचना प्रविधि केन्द्रका कार्यकारी निर्देशकसमेत रहेका बिबादास्पद व्यक्ति सुनिल पौडेल नियुक्त भएका छन् ।

    मन्त्रिपरिषदको आज बसेको बैठकले नियुक्ति गरेका पौडेल सुरक्षण मुद्रण विकास समिति(सेक्युरिटी प्रेस)का कार्यकारी निर्देशक विकलप्रसाद पौडेलका दाजु हुन् ।



    विकल पौडेललाई गोकुलप्रसाद बाँस्कोटा सूचना तथा संचार प्रविधि मन्त्री हुँदा सुरक्षा मुद्रण विकास समितिको कार्यकारी निर्देशक बनाएका थिए ।



    सेक्युरिटी प्रेस खरिदमा गोकुल बाँस्कोटा र पौडेल ७० करोड भ्रष्टाचारमा मुछिएका थिए ।

    तिनै पौडेलका दाजु सुनिललाई शेरबहादुर देउवा सरकारले पत्याएर टेलिकमको प्रबन्ध निर्देशक बनाएको छ ।

    पौडेल अमेरिकी पीआरधारी रहेको पनि खुलेको छ । उनका सबै परिवार अमेरिकामै बस्छन् । टेलिकमबारे जानकार नभएका पौडेललाई प्रबन्ध निर्देशक बनाइएपछि  टेलिकमका कर्मचारी आन्दोलनमा उत्रिने तयारीमा छन् ।

    पौडेललाई टेलिकममा ल्याउन सजिलो पार्नेगरी प्रबन्ध निर्देशक नियुक्तिलाई चाहिने मापदण्ड नै फरिएको छ ।

    प्रधानमन्त्री शेरवहदुर देउवाकी पत्नी आरजु राणाको दबाबमा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले विनियम नै संशोधन गरी सुनिल पौडेललाई नियुक्त गराइएको स्रोतको भनाइ छ ।

    टेलिकमको प्रबन्ध निर्देशकका लागि सञ्चार मन्त्रालयले पूर्व प्रबन्ध निर्देशक बुद्धि आचार्य, वर्तमान प्रमुख व्यवसायिक अधिकृत संगीता पहाडी अर्याल र पौडेलको नाम मन्त्रिपरिषदमा सिफारिस गरेको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार