Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

गोकुल बाँस्कोटाका विश्वासपात्रलाई देउवा सरकारले टेलिकमको प्रबन्ध निर्देशक बनायो

काठमाडौं । नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा राष्ट्रिय सूचना प्रविधि केन्द्रका कार्यकारी निर्देशकसमेत रहेका बिबादास्पद व्यक्ति सुनिल पौडेल नियुक्त भएका छन् ।

मन्त्रिपरिषदको आज बसेको बैठकले नियुक्ति गरेका पौडेल सुरक्षण मुद्रण विकास समिति(सेक्युरिटी प्रेस)का कार्यकारी निर्देशक विकलप्रसाद पौडेलका दाजु हुन् ।

विकल पौडेललाई गोकुलप्रसाद बाँस्कोटा सूचना तथा संचार प्रविधि मन्त्री हुँदा सुरक्षा मुद्रण विकास समितिको कार्यकारी निर्देशक बनाएका थिए ।

सेक्युरिटी प्रेस खरिदमा गोकुल बाँस्कोटा र पौडेल ७० करोड भ्रष्टाचारमा मुछिएका थिए ।

तिनै पौडेलका दाजु सुनिललाई शेरबहादुर देउवा सरकारले पत्याएर टेलिकमको प्रबन्ध निर्देशक बनाएको छ ।

पौडेल अमेरिकी पीआरधारी रहेको पनि खुलेको छ । उनका सबै परिवार अमेरिकामै बस्छन् । टेलिकमबारे जानकार नभएका पौडेललाई प्रबन्ध निर्देशक बनाइएपछि  टेलिकमका कर्मचारी आन्दोलनमा उत्रिने तयारीमा छन् ।

पौडेललाई टेलिकममा ल्याउन सजिलो पार्नेगरी प्रबन्ध निर्देशक नियुक्तिलाई चाहिने मापदण्ड नै फरिएको छ ।

प्रधानमन्त्री शेरवहदुर देउवाकी पत्नी आरजु राणाको दबाबमा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले विनियम नै संशोधन गरी सुनिल पौडेललाई नियुक्त गराइएको स्रोतको भनाइ छ ।

टेलिकमको प्रबन्ध निर्देशकका लागि सञ्चार मन्त्रालयले पूर्व प्रबन्ध निर्देशक बुद्धि आचार्य, वर्तमान प्रमुख व्यवसायिक अधिकृत संगीता पहाडी अर्याल र पौडेलको नाम मन्त्रिपरिषदमा सिफारिस गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077