Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा पौडेललाई नियुक्त गर्ने सरकारको निर्णय

काठमाडौं । नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा सुनील पौडेल नियुक्त भएका छन् ।

प्रधानमन्त्री निवास वालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले पौडेललाई प्रबन्ध निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको हो ।

सूचना तथा सञ्चार प्रविधि मन्त्रालयका सचिव वैकुण्ठ अर्यालको नेतृत्वमा गठित समितिले तीन जनाको नाम मन्त्रिपरिषदमा सिफारिस गरेको थियो ।

सङ्गीता पहाडी अर्याल, बुद्धि आचार्य र सुनील पौडेलको नाम पठाइएको थियो । मन्त्रिपरिषद् बैठक सवा ६ बजेदेखि बालुवाटारमा जारी छ ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077