Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

केपी ओलीले भने 'पाँच दलीय गठबन्धनले कुन दिनदेखि वृद्धभत्ता पनि रोक्छन्'

नेपालगञ्ज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय गठबन्धनले वृद्ध भत्ता बाँड्न रोक्न सक्ने बताएका छन् ।

विहीबार नेकपा एमाले बाँकेले नेपालगञ्जमा आयोजना गरेको अगुवा कार्यकर्ता भेला एवं पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले गठबन्धन सरकारले अस्पताल र विद्यालयका आयोजनाहरूसमेत बन्द गर्न थालेकाले वृद्ध भत्तासमेत बाँड्न रोक्न सक्ने आशंका गरेका हुन् ।

उनले पाँच दलीय गठबन्धनलाई चुनावमा हराएर देशी विदेशी प्रतिक्रियावादीको षड्यन्त्र असफल बनाउनुपर्ने जिम्मेवारी जनतामा आएको बताएका छन् । लोकतन्त्र र विकास निर्माणको कामलाई अगाडि बढाउन एमालेले जित्नुपर्ने उनको भनाइ छ ।

एमाले सरकारबाट हटेको ९ महिनामा देशको अर्थतन्त्र ध्वस्त भएको उल्लेख गर्दै लगानी गर्ने पुँजी नभएकाले लगानी भएन भने रोजगारी र उत्पादन अगाडि बढ्न नसक्ने ओलीको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077