Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

केपी ओली गुटले गर्दा नागरिकता विधेयक पारित गर्न सकिएन : प्रचण्ड

सिरहा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका कारण संसदमा नागरिकतासम्बन्धी विधेयक पारित नभएको आरोप लगाएका छन् ।

बिहीबार सिरहामा आयोजित कार्यक्रममा बोल्दै उनले नागरिकता विधेयक संसदमा एमालेको अवरोधका कारण छलफल र पारित हुन नसकेको बताएका हुन् ।

संसद अवरोध भएपछि अध्यादेश ल्याएरै भए पनि नागरिकताको समस्या समधान गर्न खोज्दा अदालतले नागरिकतासम्न्धी अध्यादेश ल्याउन रोक लगाएको प्रचण्डले बताए ।

‘अदालतले नागरिकता दिनुपर्छ तर गम्भीर गम्भीर संवेदनशील विषय सदनमा छलफल गरेर प्रतिनिधिसभाबाट पारित गरेर समस्या गर्नुपर्छ भनेकाले अध्यादेश ल्याउन नपाइने रहेछ’ उनले भने ।

सदनबाट पारित गरौं भन्ने प्रस्तावलाई पनि एमाले र केपी ओली गुटले रोकेका कारण विधेयक पारित नभएको बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077