Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नागरिक उड्डयन प्राधिकरणले निगमलाई सोध्यो स्पष्टीकरण

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल वायुसेवा निगमलाई स्पष्टीकरण सोधेको छ ।

भारत भ्रमण सकेर स्वदेश फर्केका प्रधानमन्त्री शेरबहादुर देउवा सवार विमानमा पत्रकार ऋषि धमलाले गरेको अर्मयादित व्यवहारबारे प्राधिकरणले निगमलाई स्पष्टीकरण सोधेको हो ।

प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले बुधबार निगमका कार्यकारी अधिकृत युवराज अधिकारीलाई पत्र पठाउँदै स्पष्टीकरण सोधेका हुन्।

आइतबार दिल्लीबाट काठमाडौं फर्किने क्रममा पत्रकार धमलाले वायुयान तथा हवाई यातायातको शुरक्षामा असर पर्ने गरी अमर्यादित क्रियाकलाप गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएकाले घटनाको यथार्थ विवरण पेस गर्न महानिर्देशक अधिकारीले निर्देशन समेत दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077