Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रुस-युक्रेन युद्ध : पुटिनका छोरीहरुलाई समेत अमेरिकाले लगायो प्रतिबन्ध

काठमाडौं । अमेरिकाले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनकी छोरीहरू सहित उनका अन्य विश्वासपात्रहरू माथि प्रतिबन्धहरू लागु गरेको छ। प्रतिबन्धमा पुटिनका दुई छोरीहरु पनि छन् ।

अन्तर्राष्ट्रिय सन्चार माध्यमहरुका अनुसार ह्वाइट हाउसले रुसका दुई ठूला बैंकहरु स्परबैंक र अल्फा बैंकलाई पनि प्रतिबन्ध लगाएको छ । अब यी बैंकहरुबाट अमेरिकासम्म रकम पुग्ने छैन । साथै कुनै पनि अमेरिकीले यी बैंकहरुबाट कारोबार गर्न सक्ने छैनन् ।

साथै अमेरिकाले प्रधानमन्त्री मिखाइल मिशुस्तिन, पूर्व राष्ट्रपति दिमित्री मेतभेदेव, रुसी विदेशमन्त्री सर्गेइ लाभरोभकी श्रीमती र बच्चाहरु, रुसी सुरक्षा परिषदका सदस्यहरु र रुसी राष्ट्रपति पुटिनका दुई छोरीहरुलाई पनि अमेरिकाले प्रतिबन्ध लगाएको छ ।

ह्वाइट हाउसबाट जारी बयानमा राष्ट्रपति पुटिनका ‘दुई बालिग सन्तान’ भनेर उल्लेख गरिएको छ । युक्रेनमा रुसी सेनाले गरेको अत्याचारबारे विवरणहरू सार्वजनिक भएसँगै पछिल्लो प्रतिबन्धहरूको घोषणा गरिएको हो।

यसैसाता राजधानी किएभ नजिकै रहेको बुचा सहरका सडकमा सर्वसाधारणहरूको शव छरप्रस्ट भेटिएको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077