काठमाडौं । नेपाल बार एसोसिएसनको अध्यक्षमा गोपालकृष्ण घिमिरेको अग्रता कायमै छ ।
आज बिहानसम्म २५ केन्द्रको तीन हजार दुई सय तीन मत गणना गर्दा घिमिरेका पक्षमा एक हजार नौ सय ९० मत प्राप्त भएको हो ।
उनी बारको २६ औँ केन्द्रीय कार्यसमितिको निर्वाचनमा बृहत् लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेशागत कानून व्यवसायी समूह तर्फबाट अध्यक्षका उम्मेदवार हुन् ।
उनका प्रतिस्पर्धी प्रगतिशील तथा पेशागत कानून व्यवसायी समूहका अध्यक्ष विष्णुमणि अधिकारीले एक हजार चार मत प्राप्त गरेका छन् ।
बार एसोसिएसन, २०७८ का प्रमुख निर्वाचन अधिृकत वरिष्ठ अधिवक्ता उषामल्ल पाठकका अनुसार हालसम्म २५ केन्द्रको मतगणना सम्पन्न भएको छ । मतगणना जारी छ ।
Leave a Reply