Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

चितवनमा माओवादीलाई कमजोर पार्ने षड्यन्त्र भइरहेको प्रचण्डको भनाई

चितवन । चितवनमा माओवादीलाई कमजोर पार्ने षड्यन्त्र भइरहेको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताएका छन् ।

बुधबार चितवनमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले देशभित्रका र बाहिरका पनि केही शक्ति चितवन जिल्लामा माओवादीलाई कमजोर पार्ने षड्यन्त्रमा लागेको बताएका हुन् ।

‘एकथरि प्रतिक्रियावादीको ध्यान चितवन जिल्लामा माओवादीलाई के गरी कमजोर पार्न सकिन्छ भन्नेमा छ । चितवन जिल्लामा प्रचण्डलाई कसरी हराउने भन्नेमा छ’ उनले भने ।

माओवादीलाई कमजोर पारे मात्र परिवर्तनका एजेण्डा कमजोर हुने भन्दै केही शक्ति माओवादीविरुद्ध लागेको प्रचण्डको दावी छ ।

चितवनमा माओवादीले भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा राम्रो काम गरेको प्रचण्डले दावी गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077