Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

रुसले युक्रेनमा आक्रमण गरेपछि ७१ लाख युक्रेनी विस्थापित

एजेन्सी । रूसले युक्रेनमा गरेको आक्रमणपछि जारी युद्धका कारण ७१ लाखभन्दा बढी युक्रेनी आन्तरिक रुपमा विस्थापित भएका छन् । संयुक्त राष्ट्रसंघका अनुसार उनीहरु आफ्नो घर छाडेर भागेको तर देशमै रहेका छन् ।

संयुक्त राष्ट्रसंघको अन्तर्राष्ट्रिय आप्रबासनसम्बन्धी संगठन (आइओएम) ले मार्च १६ मा जारी गरेको पहिलो अध्ययनमा अनुमानित ६४ लाख ८० हजार आन्तरिकरूपमा विस्थापित व्यक्ति रहेको बताइएको थियो ।

रूसले फेब्रुअरी २४ मा यूक्रेनमा आक्रमण गरेपछि लाखौं मानिसहरू आफ्नो घर छोडेर भागेका छन् ४२ लाख भन्दा बढी यूक्रेनी विदेश पलायन भएका छन्।

आईओएमले मार्च २४ देखि अप्रिल १ बीच आफ्नो दोस्रो सर्वेक्षण गरेको थियो र शुक्रबारसम्म युक्रेनभित्र ७१ लाख ३८ हजार ७१५ जना आन्तरिक रूपमा विस्थापित भएको अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077