Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

मधेस विरोधी नेताको आरोप लागेका एमाले अध्यक्ष ओली जनतालाई फकाउँदै

काठमाडौं । मधेस आन्दोलनताका मधेस विरोधी नेताको आरोप लागेका नेकपा एमालेका अध्यक्ष एंव पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मधेसलाई फकाउन थालेका छन् ।

स्थानीय तहको निर्वाचनलाइ लक्षितगरी शक्ति प्रदर्शन गर्न वीरगन्जमा मङगलबार एमालेले आयोजना गरेको बृहतआमसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा ओलीले आफ्नो सरकारका पालामा भएका विकासका कामहरुको मात्रै वर्णन गरेर मधेसलाइ फकाउने कोशीस गरेका हुन् ।

विपक्षी दल र सरकार चर्को अलोचना भन्दापनि उनले सम्बोधनको अधिकांश समय मधेस र मधेसीका लागि विगतमा आफ्नो सरकारले गरेका कामहरुको वर्णन मै खर्च गरे। मधेसी जनतालाई भ्रममा पारेका केही नेताहरुले आफूलाई मधेसी विरोधी भनेर मिथ्या हल्ला चलाएको भएपनि आफू सदैव मधेस र मधेसीको पक्षमा भएको ओलीले जिकिर गरे।

ओलीले भने,‘म आफै मधेसको मान्छे हु, ६० वर्षसम्म मधेसमै बसेको मान्छे हुँ, मधेसमा मैले हलो जोतेको छु, खेतमा पैनी (कूलो) को पानी लगाएको छु, भैसीमा चढेर वस्तुभाउ चराएको छु।

मधेस विरोधी भन्नेहरुले भन्दै गरे तर आफूले मधेसको विकासमा काम गर्दै गरेको उनले सुनाए। ओलीले भने,‘तराइ मधेसका बाटोघाटो चौडा र चिल्लो पार्ने केपी ओली, हुलाकी सडक बनाउने केपी ओली, एयरपोर्ट बनाउने केपी ओली, खेतखेतमा सिँचाई पुरयाउने केपी ओली अनि मधेस विरोधी केपी ओली कसरी भयोरु ओलीलाई मधेस विरोधी भनेको सुन्दा अच्चम लाग्छ। अन्नपूर्ण पोस्टबाट

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077