Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नेपाल बार एशोसिएशनको मतगणना आजबाट सुरु हुँदै, परिणाम आउन तीन दिन लाग्ने अनुमान

काठमाडौं । नेपाल बार एशोसिएशनको नयाँ नेतृत्वका लागि सम्पन्न चुनावको मतगणना आजदेखि सुरू हुने भएको छ ।

मतगणना मंगलवार बिहान साढे ९ बजेदेखि सुरू हुन लागेको हो ।

देशभरका सबै ३४ वटा मतदान केन्द्रबाट मतपेटिका काठमाडौं ल्याइसकिएको र मंगलबार बिहान साढे ९ बजेदेखि मतगणना सुरू गर्ने प्रमुख निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता उषा मल्ल पाठकले जानकारी दिइन् ।

चैत १९ गते सम्पन्न निर्वाचनमा ७ हजार ४२९ मत खसेको थियो। पाठकका अनुसार नेपाल बार एशोसियसनको भवनमा ६ ठाउँमा मतगणना गर्ने तयारी गरिएको छ ।

अन्तिम मत परिणाम आउन तीन दिनसम्म लाग्न सक्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077