Online Nepal
  • बुधबार, १० पुष २०८१
  • रूसले आफूलाई सहयोग नगर्ने मुलुकका नागरिकलाई भिसा नदिने

    रूसले आफूलाई सहयोग नगर्ने मुलुकका नागरिकलाई भिसा नदिने

    अनलाइन नेपाल
  • मंगलबार, २२ चैत्र २०७८
  • 1.2K
    SHARES

    फाइल तस्विर

    एजेन्सी । रूसले मस्कोका नजरमा ‘मैत्रीपूर्ण’ ठहर नभएका मुलुकहरूका नागरिकलाई भिसा जारी नगर्ने भएको छ ।

    युक्रेनमा आक्रमण गरेको निहुँमा रूसमाथि अमेरिका, क्यानाडा र बेलायतलगायत युरोपेली मुलुकहरूले आर्थिक प्रतिबन्ध लगाएको प्रत्युत्तरमा रूसले भिसा जारी नगर्ने आदेशपत्रमा हस्ताक्षर गरेको हो ।



    उक्त आदेशपत्र सोमवारदेखि नै लागू भएको छ। आदेशपत्रअनुसार रूसले नर्वे, स्विट्जरल्यान्ड, डेनमार्क र आइसल्यान्डलगायत केही युरोपेली राष्ट्रका नागरिकलाई भिसा जारी नगर्ने भएको छ ।



    साथै‚ यस आदेशपत्रले रूसी विदेश मन्त्रालयलाई रूसविरुद्ध शत्रुतापूर्ण व्यवहार गर्ने विदेशी व्यक्ति विशेष तथा त्यस्ता मुलुकका कानुनी निकायहरूलाई रूस प्रवेश गर्नबाट रोक्न निर्देशन दिएको हो । रूसले २४ फ्रेब्रुअरीदेखि युक्रेनमा आक्रमण गरिरहेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार