Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

भरतपुर महानगरको मेयर पदमा फेरि रेणु दाहालको दाबी, कांग्रेसले छाड्न मानेन

काठमाडौं । केन्द्रको निर्णय अनुसार चितवन जिल्लामा पाँच दलको तालमेल भने पनि नेपाली काँग्रेस चितवनले भरतपुर महानगरपालिकाको प्रमुखमा आफ्नो पार्टीको अडान कायम रहेको जनाएको छ। पार्टीले आइतबार बैठक बसी भरतपुरको प्रमुख पद कुनै पनि हालतमा नछाड्ने निर्णय गरेको छ।

केन्द्रीय परिपत्रअनुसार दलगत वस्तुस्थितिका बारेमा प्रतिवेदन तयार गर्न कार्यदल बनाउने निर्णय गरेको काँग्रेसका जिल्ला सभापति राजेश्वर खनालले जानकारी दिए ।

उक्त निर्णयबाट भने आफूहरू पछि नहटेको सभापति खनालले बताए । महानगरको सबालमा मेयर पाउनुपर्ने हाम्रो बटमलाइन हो हामी छाड्दैनौँ । केन्द्रले गठबन्धनको बैठक बस्नु भनेकाले बसिएको हो’, सभापति खनालले भने।

माओवादी केन्द्रले पनि भरतपुरको प्रमुख पदमा दाबी कायमै राखेको छ। विगतमा आफूले राम्रो काम गरेकाले कामको निरन्तरताका लागि पार्टीले जिम्मेवारी दिएमा आफू पछि नहट्ने भरतपुरका मेयर रेणु दाहालले बताइन् ।

माओवादी केन्द्रले जिल्लाका चुनावी कार्यक्रममा प्रमुख पदमा दाबी रहेको बताउँदै आएको छ। चितवनका सत्ता गठबन्धनका पाँच दलले स्थानीय तहको निर्वाचनमा तालमेल गरेर जाने निर्णय गरेका छन् । गोरखापत्र दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077