Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आगलागी पीडितलाई क्षतिपूर्तिको माग गर्दै गृहमन्त्रीलाई ज्ञापनपत्र

काठमाडौं । तनहुँ उद्योग वाणिज्य सङ्घले गत फागुन २२ गते दमौलीमा भएको आगलागीबाट पीडितलाई उचित क्षतिपूर्ति प्रदान गर्न गृहमन्त्री बालकृष्ण खाँणसँग माग गरेको छ ।

व्यास नगरपालिका–४ मा आगलागीबाट पीडित भएका व्यवसायी एवं सर्वसाधारणलाई सरकारको तर्फबाट राहत प्रदान गर्नका लागि सङ्घले मन्त्री खाँणलाई आज ज्ञापनपत्र बुझाएको हो ।

सङ्घका अध्यक्ष पविन्द्रकुमार श्रेष्ठले आठौँ तनहुँ महोत्सवको समापन समारोहमा आएका मन्त्री खाँणलाई उक्त मागसहितको ज्ञापनपत्र बुझाएका हुन् ।

आगलागीबाट व्यवसायीको करोडौँ क्षति भएकाले सरकारको तर्फबाट उचित क्षतिपूर्तिको आस गरिएको सङ्घका अध्यक्ष श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077