Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

युक्रेनको बुचामा सहरमा ५७ जनाको सामूहिक चिहान भेटियो

एजेन्सी । हालै रूसी सेनाबाट युक्रेनी सेनाले फिर्ता लिएको किभ नजिकैको बुचा सहरस्थित सामूहिक चिहानमा ५७ जनाको शव गाडिएको अवस्थामा भेटिएको छ ।

बुचामा उद्धार सेवाका प्रमुखको रूपमा रहेका सेरही काप्लिच्नीले भने, “यहाँ यो लामो चिहानमा ५७ जनाको शव गाडिएको छ।” सहरको मध्यभागमा रहेको चर्चको पछाडि सामूहिक चिहान छ।

जमिनमुनि गाडिएका शवमध्ये करीब १० वटा लासलाई माटोले आधा पुरिएको अवस्थामा देखिएको एएफपीले उल्लेख गरेको छ। सामूहिक चिहानमा भेटिएकामध्ये केही लास कालो जिप भएको झोलासहित सुरक्षाकर्मीको पहिरनमा थिए भने अरूचाहिं सामान्य पहिरनमा थिए।

युक्रेनले रुसी सेनाले बुचामा ‘जानाजान नरसंहार’ गरेको आरोप लगाएको छ। यसैबीच बेलायतले उक्त घटनालाई युद्ध अपराधको रूपमा ‘भयावह कार्य’को अनुसन्धानका लागि आह्वान गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077